अब तेल आपूर्तिमा कुनै पनि समस्या हुँदैन : मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

अब तेल आपूर्तिमा कुनै पनि समस्या हुँदैन : मन्त्री यादव

matrika yadav-tel abhav

विवेक विश्वकर्मा
रुपन्देही, १७ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले अब तेल आपूर्तिमा समस्या नहुने बताउनु भएको छ । विगतमा पेट्रोलियम पदार्थको आपूर्तिमा बाधा अड्चन आएपनि अब त्यो समस्या नरहने उद्योग मन्त्री यादवले बताउनु भयो ।

नेपाल आयल निगम लिमिटेडद्वारा भैरहवामा पुर्ननिर्माण गरिएको पेट्रोल पम्पको शुक्रबार भैरहवामा उद्घाटन गर्दै मन्त्री यादवले, देशमा शुसाशन कायम गर्ने हो भने व्यवसायीहरुले काम गर्ने नाममा पाँच पैसा पनि कसैलाई दिन नहुने बताउनु भयो ।

उद्योगमन्त्री यादवले मन्त्रीबाट हटेपछि हाकिमले सताउँछन् भन्ने नसोच्न व्यवसायीहरुलाई आग्रह गर्नु भयो । मन्त्री पदबाट हटेपनि सांसदबाट कसैले हटाउन नक्ने भन्दै मन्त्री यादवले, आफू चाकडी गरेर मन्त्री नभएको बताउनु भयो ।

उद्योग मन्त्री यादवले मन्त्रिमण्डलमा हेरफेर भए पनि यो सरकार ५ वर्ष टिक्ने दाबी गर्नु भयो ।कार्यक्रममा प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले सरकारले तदारुकताका साथ काम नगरेको भन्ने कतिपयलाई लागे पनि व्यवहारमा त्यस्तो नभएको बताउनु भयो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले स्वतन्त्र व्यवसायका लागि शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ अञ्चलपुर स्थित नेपाल आयल निगमको पेट्रोल पम्पको क्षमता वृद्धिगरी समय सापेक्ष आधुनिकरण गरिएको छ ।

पेट्रोल पम्पले प्रतिघण्टा अधिकतम पेट्रोल र डिजल ९ हजार ६ सय लिटर डेलिभरी दिइ विक्री गर्न सक्ने बनाइएको छ ।