देशका युवा उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा उद्योगमन्त्री यादवको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

देशका युवा उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा उद्योगमन्त्री यादवको जोड

matrika yadav-yuwa udhyami

काठमाडौं, १० असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा युवा उद्यमीहरुलाइ प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले युवा उद्यमीमार्फत् स्वदेशी उत्पादनलाई बढावा दिन सरकारले आवश्यक वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले सरकारले स्वदेशी उत्पादन र त्यसको बजारीकरणका लागि अन्तर्राष्ट्रिय मेलाहरुमा नेपाली बस्तुहरुको सहभागिता बढाउन सक्दो पहल गर्ने सरकारको नीति रहेको बताउनु भयो ।

मुलुकमा उद्योग विकासका राम्रो संकेतहरु देखिएकोे उल्लेख गर्दै मन्त्री यादवले आवश्यक सबै खालको सहजीकरण गरेर अघि बढ्न सरकार तयार रहेको बताउनु भयो । उहाँले देशमा भईरहेका औद्योगिक मेलाहरुले पनि उद्यम विकासमा महत्वपूर्ण योगदान पु¥र्याइरहेको उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);