अर्थमन्त्री खतिवडाले अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउन जग्गा खोज्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अर्थमन्त्री खतिवडाले अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउन जग्गा खोज्दै

arthamantri khatiwada

काठमाडौं, १० असोज । सरकारले ललितपुरको पुलचोकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पुलचोकस्थित साझा यातायातको कार्यालय भवन वरपर अन्तराष्ट्रिय स्तरको सम्मेलन बनाउने गरी जग्गाको खोजी भइरहेको जानकारी दिनु भएको हो ।

शुक्रबार ललितपुरको पाटनमा ललितपुर उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री खतिवडाले ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सरकारको योजना रहेकोे बताउनु भयो । सरकारले समग्रतामा ललितपुरलाई आधुनिक सहरको रुपमा विकास गर्न चाहेको मन्त्री खतिवडाको भनाई थियो ।

अर्थमन्त्री खतिवडाले ललितपुर कला र संस्कृतिको हिसावले पनि अधिक सम्भावना भएको जिल्ला भएको हुनाले त्यसको विकासमा सरकार प्रतिवद्ध भएर लागि परेको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);