मुलुकमा विदेशी तथा स्वदेशी लगानीको वातावरण सृजना गर्नुपर्छ : उद्योग वाणिज्य महासंघ बरिष्ठ उपाध्यक्ष ढकाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मुलुकमा विदेशी तथा स्वदेशी लगानीको वातावरण सृजना गर्नुपर्छ : उद्योग वाणिज्य महासंघ बरिष्ठ उपाध्यक्ष ढकाल

बीरगञ्ज, २८ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल सरकारले मुलुकमा विदेशी तथा स्वदेशी लगानीको वातावरण सृजना गर्नुपर्ने बताउनु भएको छ ।

शुक्रबार बीरगञ्ज उद्योग वाणिज्य संघको ४५ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले मलेसियाले गरेको विकासको उदाहारण दिदै नेपाल सरकारले विदेशी तथा स्वदेशी लगानीकर्ताको सुरक्षा गर्दै लगानीको वातावरण बनाए २० वर्षमा फड्को मार्ने विश्वास व्यक्त गर्नुुभयो ।

आर्थिक विकासले मात्रै मुलुकको विकास हुने बताउँदै उहाँले विदेशी लगानीकर्तालाई तिनै तहको सरकारबाट सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्ने, स्वदेशी लगानीकर्तालार्ई प्रोत्साहन गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);