केही वर्ष व्यापार घाटा कायमै रहन्छ : मातृका यादव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

केही वर्ष व्यापार घाटा कायमै रहन्छ : मातृका यादव

matrika prasad yadav

काठमाडौं, २० कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताउनु भएको छ ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले मुलुकमा आफ्नै पूँजी र सीपको प्रयोग गरेर उत्पादन नभएसम्म व्यापार घाटा कायमै रहने प्रष्टयाउनु भएको हो । उहाँले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढ्न सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

मन्त्री यादवले देश भित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भईरहेको पनि उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);