कर्मचारीको कार्यशैलीमा परिवर्तन नभएसम्म मुलुक समृद्ध हुँदैन : मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

कर्मचारीको कार्यशैलीमा परिवर्तन नभएसम्म मुलुक समृद्ध हुँदैन : मन्त्री यादव

matrika yadav

काठमाडौं, १ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कर्मचारीहरुको कार्यशैलीमा परिवर्तन नभएसम्म मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनै नसकिने बताउनु भएको छ ।

मन्त्री यादवले सरकारले लिएको समृद्धिको राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई सचेत गराउनु भयो । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३२ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न कर्मचारीहरु प्रतिवद्ध हुनुपर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले कर्मचारीहरुले नदीमा आएको छालजस्तो गतिविधि गर्न नहुने पनि दोहो-याउनु भयो ।

मन्त्री यादवले कर्मचारीहरुले शासक नभई जनताको सेवकको रुपमा काम गर्नुपर्ने पनि बताउनु भयो । नेता र कर्मचारीले शासक र प्रशासकको रुपमा काम गर्ने गरेकाले जनताले आफ्नो सेवा पाउन नसकेको मन्त्री यादवको स्विकारोक्ति छ ।