अदुवाले राम्रो मूल्य पाएपछि इलामका किसान हर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अदुवाले राम्रो मूल्य पाएपछि इलामका किसान हर्षित

टिका खतिवडा
इलाम, ६ साउन । इलामका अदुवा कृषकहरुमा खशीयाली छाएको छ । प्रायजसो आफ्नो मिहिनेतको फल नपाएको गुनासो गर्ने कृषकहरु बजारमा अदुवाको भाउ बढेसंगै खुशी भएका हुन् ।

गत वर्ष प्रतिमन (४० किलो) एक हजारदेखि एकहजार पाँच सय रुपैयाँको हाराहारीमा रहेको अदुवाको मूल्य बढेर अहिले प्रतिमन छ हजार रुपैयाँ पुगेपछि किसानहरु खुशी भएका हुन् ।

अदुवा फागुन, चैत्र महिनामा रोपिन्छ । उतिबेला रोपेको अदुवाको हाल माउ (बुडी) झिक्ने गरिन्छ । अर्थात रोपिएको बिउ अदुवा नै माउको रुपमा झिकेर बेच्ने गरिन्छ । रोपिएको माउ नै बेच्ने कृषि उत्पादन अदुवा मात्र हो । बिउ नै निकालेर बेच्न पाउँदा किसान खुसी छन् ।

जिल्लाका प्राय सवै किसानहरु अदुवा उत्पादन गर्दछन् । बारीको अदुवा स्थानीय ब्यापारीले नै खनेर लानेगरी ‘गोरु मोलाई’ बेच्न थालेका छन् । गत वर्षहरुमा अहिलेको भन्दा निकै कम भाउ भएकाले यस वर्ष कम किसानले मात्र अदुवा रोपेका थिए । अदुवा कम भएपछि भाउ उच्च भएको ब्यापारीहरु वताउँछन् ।

मसलाका रुपमा प्रयोग गरिने अदुवाको प्रमुख बजार भारत नै हो । यहाँ उत्पादन भएको अदुवाको एक मात्र बजार भारत भएकाले कहिलेकाहिँ समस्या आइरहने गर्दछ । यस वर्ष अदुवाको भाउ राम्रो भएपनि समय समयमा भारतले नेपालको अदुवा निकासीमा समस्या गराउने गरेकाले यहाँका किसान तथा ब्यापारी चिन्तित छन् ।

निकासीमा आउने समस्या सँधैका लागि अन्त्य भए किसानलाई अदुवा उत्पादन वढाउन र ब्यापारीलाई ढुक्कका साथ अदुवा खरिद गर्ने वातावरण मिलाउन उनीहरुले सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);