कमेडी विषयवस्तु ‘न यता न उता’ को अफिसियल पोस्टर सार्वजनिक (ट्रेलरसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

कमेडी विषयवस्तु ‘न यता न उता’ को अफिसियल पोस्टर सार्वजनिक (ट्रेलरसहित)

na yeta u uta

काठमाडौं, ६ साउन । विशारद र मिराज रोशको संयुक्त निर्देशन रहेको फिल्म ‘न यता न उता’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।

साउन १७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म कमेडी विषयवस्तुमा निर्माण भएको सार्वजनिक पोस्टरले प्रस्ट्याउँछ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सबैलाई स्थान दिइएको छ ।

ओम गुरुङ र रिना लामा कार्यकारी निर्मातामा रहेको फिल्ममा ऋचा शर्मा, मिराज रोश, समिर दिक्षित, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय रहेको छ ।

यो फिल्ममा अरोन अशोक कुमारको छायांकन छ । फिल्मको यसअघि सार्वजनिक भएको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । पोस्टरले फिल्मप्रति दर्शकमा कौतुहलता बढाउने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);