माघमा ‘न यता न उता’ | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

माघमा ‘न यता न उता’

reecha sharma

काठमाडौं, ४ मंसिर । चलचित्र ‘न यता न उता’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । मिराज रोश र बिशारद बस्नेतको संयुक्त निर्देशन रहेको चलचित्रको डेट फाइनल भएको हो । अब यो चलचित्र माघ २५ गते रिलिज हुने भएको छ ।

त्रन्त्रालय फिल्म्स र हाइलाइट नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षित, बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुभिना तुलाधर, राजन खतिवडा, जयनन्द लामा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको सिनेमामा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी रहेको छ ।

सिनेमामा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, निदेशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन रहेको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

ताजा समाचार