सोनामले रोमान्टिक हुँदै ‘मलाई बनायौ किन ?’ भनि ओसनलाई भएपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सोनामले रोमान्टिक हुँदै ‘मलाई बनायौ किन ?’ भनि ओसनलाई भएपछि…

ekalabya

काठमाडौं, ५ साउन । यही साउन १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको पारिवारिक प्रेमकथामा आधारित बताइएको फिल्म ‘एकलव्य’ को दोस्रो गीत ‘मलाई बनायौ किन ?’ सार्वजनिक भएको छ ।

युवराज चौलागाई र मेलिना राईको स्वर रहेको गीतमा शब्द तथा संगीत राजेन्द्र बजगाईंको छ । प्रेम भाव बोल्ने गीतमा फिल्मका प्रमुख अभिनेता सोनाम थापामगर र अभिनेत्री ओसन भट्टराई फिचर्ड छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । फिल्म ‘एकलव्य’ का निर्देशक अनमोल शर्मा हुन् ।

उनका अनुसार, फिल्मले समाजका विभिन्न अपराधिक घटनालाई उठाइएको छ । सोनाम र ओसिन भट्टराईसँगै पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको मुख्य भूमिका रहेको छ । ‘एकलव्य’ लाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।

फिल्ममा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीतरसंगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);