साउन १० गतेबाट ऋचाको ‘सुपर गोर्खे’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

साउन १० गतेबाट ऋचाको ‘सुपर गोर्खे’

reech shigh thakuri

काठमाडौं, २ साउन । ‘नाई नभन्नु ल’ बाट सुखद डेब्यू गरेकी अभिनेत्री ऋचा सिंह ठकुरी बैबाहिक जीवनमा बाँधिएपछि काँचको पर्दाबाट टाढा थिईन् ।

उनले अहिले आफ्नै लगानीमा फिल्म ‘सुपर गोर्खे’ निर्माण गरेकी छिन् । यसमा उनको प्रमुख भूमिका छ । यो फिल्म गत वर्ष प्रदर्शनमा आउने तयारीमा पनि थियो । तर, पटक/पटक प्रदर्शन मिति सर्दा पनि हलमा लाग्न सकेन । अब भने यो फिल्म साउन १० गतेबाट देशैभर प्रदर्शनमा आउने भएको छ । फिल्मलाई राज थापा (गजेन्द्र) ले निर्देशन गरेका हुन् ।

फिल्ममा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्ममा ईश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी रहेको छ । सौरभ लामाले छायांकन गरेको फिल्मलाई बनिष शाह र सालिक दुलालले सम्पादन गरेका हुन् । निर्मात्री ऋचाले अब साउन १० गतेबाट फिल्म नसर्ने दाबी गरेकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);