ललित स्मृति कप : उपाधिका लागि पुलिस र ब्रिगेडबीच आइतबार भिडन्त | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

ललित स्मृति कप : उपाधिका लागि पुलिस र ब्रिगेडबीच आइतबार भिडन्त

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ

काठमाडौं, ४ साउन । चौंथो संस्करणको ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल पुलिस क्लव र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुँदैछ ।

आइतबार ललितपुरको सातदोबाटो स्थित एन्फा मैदानमा हुने फाईनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच भिडन्त हुन लागेको हो । खेलमा दुबै टिम उपाधि आफ्नो पोल्टामा पार्ने दाउमा रहेका छन् ।

ब्रिगेड ब्वाइज साबिकको विजेता हो भने पुलिस पहिलो पटक फाइनल प्रवेश गरेको हो । ब्रिगेड लगातार दोस्रो पटक च्याम्पियन बन्ने दाउमा छ भने पुलिस पहिलो पटक उपाधि जित्ने योजनामा रहेको छ ।

समूह चरणको अन्तिम खेलमा ब्रिगेडले पुलिसलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । पुलिसले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले हराएर फाइनलमा पुगेको हो । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);