गृहमन्त्री र माधव नेपाल सहितको टोलीद्वारा बाढी प्रभाबित क्षेत्रको निरीक्षण | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

गृहमन्त्री र माधव नेपाल सहितको टोलीद्वारा बाढी प्रभाबित क्षेत्रको निरीक्षण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि वाढी प्रभाबित क्षेत्रमा

काठमाडौं, १ साउन । बुधवार गृहमन्त्री राम बहादुर थापा र पूर्व प्रधानमन्त्री माधव नेपाल सहितको टोलीलले रौतहटको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

गृहमन्त्री थापा सहित नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, विकास समितिका सभापति कल्याणी खड्का, लगायतको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।

राजधानीबाट सेनाको हेलिकप्टर लिएर गएको टोली गौरको पुरेनवास्थित इन्द्र बक्स गणमा ओर्लिएको थियो। उनीहरुले त्यही सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला निकायका प्रमुखलाई बोलाएर बाढी र डुबानबाट भएको क्षतिको जानकारी र विवरण लिएर फर्किएका थिए ।

फर्कनेक्रममा गृहमन्त्री थापाले वर्षाबाट हुने क्षति र डुबानको पूर्व तयारीमा केही कमी भएको भन्दै अव पुनर्निर्माण र राहतमा सरकार केन्द्रित हुने बताउनुभयो ।

बाढी र डुवान प्रभाबित क्षेत्रको निरीक्षण गर्न गएको टोली पीडितलाई भने नभेटी फर्किउको थियो । बुधवार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रभाबित क्षेत्रको स्थलगत अवकोकन गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);