प्रधानमन्त्रीलाई मिसन पत्रकारिताले ‘पेल्यो’! | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

प्रधानमन्त्रीलाई मिसन पत्रकारिताले ‘पेल्यो’!

pm oli

काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भनेका छन्, ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’

पछिल्लो पटक प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिंडिरहेको तस्बीरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि सो ‘दुखेसो’ पोखेका हुन् ।

सञ्चारविद् तथा पत्रकारिताका गुरु रामकृष्ण रेग्मी भन्छन्, मिसन पत्रकारिता स्वयंमा खराब होइन, यसले के मिसन लिएको छ, त्यसले खराब हो कि ठीक हो भन्ने कुराको निर्णय गर्दछ । ‘विगतमा नेपाली प्रेसले प्रजातन्त्रका पक्षमा मिसन पत्रकारिता ग¥यो, त्यसलाई कसरी नराम्रो भन्ने ?’

रेग्मीले प्रश्न गरे, बृहत् प्रजातान्त्रिक मूल्य–मान्यता, मानवीय हित र स्वतन्त्रताका पक्षमा मिसन पत्रकारिता गरिनुपर्छ, यसरी गरिने पत्रकारिता ठीक हुन्छ, तर निहित स्वार्थका लागि वा ब्यापारिक हितमा गरिने मिसन पत्रकारिता सही हुँदैन, यसलाई स्वीकार गर्न सकिन्न । यो समाचार आजको नेपाल समाचारपत्रमा कपिल काफ्लेले लेखेका छन् ।

ताजा समाचार