ठेक्का अवधि सकिए पनि बनेनन् राजधानीका सडक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ठेक्का अवधि सकिए पनि बनेनन् राजधानीका सडक

ktm city

काठमाडौं, २२ असार । ठेक्का सम्झौता सकिँदासमेत राजधानीका अधिकांश सडक निर्माण भएका छैनन् । के हिउँद, के बर्खा, स्थानीय सधैंको सास्ती खेप्न बाध्य छन् । पानी परे हिलोले हिँडिसाध्य हुन्न । परेन भने सामान्य मास्कले समेत नथेग्ने गरी धुलो उड्छ ।

बर्खामा सडक झनै अस्तव्यस्त हुने गरेको छ । वर्षा सुरु भएसँगै यस वर्ष पनि निर्माणाधीन अधिकांश सडक जलमग्न बन्न थालेका छन् । व्यस्त र भित्री सडक हिलाम्मे छन् । यसले जामको समस्या पनि थपिने गरेको छ । असारे चटारोले कतिपय स्थानका सडक निर्माणले तीव्रता पाएका छन् ।

बूढानीलकण्ठ नगरपालिकाको भंगाल क्षेत्रको सडक अहिले हिलाम्मे छ । नाली बनाउन जथाभावी सडक भत्काइँदा स्थानीयलाई ओहोरदोहोर गर्न समस्या भएको छ । ग्राभेल गर्न ठाउँठाउँमा थुपारिएका ढुंगा, गिट्टीले जामको समस्या थप बढेको छ ।

भंगाल क्षेत्रको सडक त यहाँ प्रतिनिधि उदाहरण मात्र हुन् । राजधानीमा यस्ता कैयौं सडक छन्, जो निर्माण सुरु भए पनि वर्षौंदेखि पूरा नहुँदा अलपत्र अवस्थामा छन् । अहिले सबभन्दा ठूलो समस्या ढोलाहिटी–सुनकोठी–चापागाउँ–प्याङगाउँ–लेले तिलेश्वर सरस्वतिकुण्ड खण्डमा देखिएको छ ।

त्यहाँ निर्माणले गति लिन सकेको छैन । स्थानीय आक्रोशित छन् । चार खण्डमा विभाजन गरेर ठेक्का लगाइएको सडकको काममा कुनै प्रगति हुन सकेको छैन । बर्खामा हिलो र हिउँदमा धुलोले स्थानीय आक्रान्त छन् । यो सडकका ४ चार खण्डमध्ये दुई खण्डको ०७३ जेठ २५ र २६ गते, थप दुई खण्डको ०७४ साउन ११ मा ठेक्का सम्झौता भएको हो । तर यिनको ठेक्काको अवधि सकिइसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);