एनसेल फर बिजनेस सेवाको सुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

एनसेल फर बिजनेस सेवाको सुभारम्भ

Ncell-logo

काठमाडौं, २० असार । एनसेल प्राईभेट लिमिटेडले एनसेल फर बिजनेस सेवाको सुभारम्भ गरेको छ ।

काठमाण्डौमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले एनसेल फर बिजनेसको लोगो अनावरण गर्नुभएको थियो । साथै उहाँले एनसेल ब्राण्डको सार ‘आज, भोलि, सधैँ सँगै’ को बारेमा पनि जानकारी गराउनु भएको थियो । उहाँका अनुसार पूर्वाधार, उच्च स्तरको नेटवर्किङ्ग, नयाँ प्रविधिमा पहुँच र प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्न यो सेवाले सहयोग प्रदान गर्ने छ । एनसेल फर बिजनेसले विश्वस्तरीय सेवाहरु प्रदान गर्ने कम्पनीको प्रतिवद्धता छ ।

एनसेलले यस सेवा मार्फत व्यवसायहरुलाई वृद्धि, विस्तार गर्दै विकास गर्न पूर्वाधार प्रदान गर्ने बताईएको छ । एनसेलले ल्याएका नयाँ सेवाहरुले भ्वाईस सेवामा मोबिलिटी, डेटा, एसएमएस, डेटा सेन्टर सोलुसन्स्, म्यानेज्ड सर्भिसका लागी फिक्सड कनेक्टीभिटी लगायतले सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई साकार पार्न पनि मद्दत पुर्याउने छ विश्वास लिईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);