आज १४ औं निजामती सेवा दिवस, कर्मचारीलाई सार्बजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

काठमाडौँ, २२ भदौ । “निजामती कर्मचारीको प्रतिबद्धता : पारदर्शिता र चुस्तता” भन्ने नारासहित आज १४ औं निजामती सेवा दिवस मनाईंदै छ । दिवसका अवसरमा सामान्य प्रशासन मन्त्रालयले रक्तदान कार्यक्रम गरेको छ । यो पटक प्रभातफेरि, गोष्ठी, अन्तक्र्रिया लगायतका कार्यक्रमविनै दिवस मनाइने भएको हो ।

हालै मात्र तराईका जिल्लामा बाढी र डुबानबाट धनजनको ठूलो क्षति भएकाले दिवस सामान्यरुपमा मनाईने मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बताए । सरकारले दिवसका अवसरमा आज निजामती कर्मचारीहरुलाई विदा दिएको छ।

सामान्य प्रशासन मन्त्रालयले दिवसका अवसरमा पुरस्कृत गरिने कर्मचारीको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले उत्कृष्ट निजामती सेवा पुरस्कार दिइने १० र निजामती सेवा पुरस्कार दिइने ३० कर्मचारीको नाम सार्वजनिक गरेको हो।

जनही एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई दिने गरिएको छ । सरकारले निजामती सेवामा सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउनयोग्य कर्मचारी भने फेला पार्न सकेन । २ लाख रुपैयाँ राशीको यो पुरस्कार अघिल्लो वर्ष पनि कसैलाई प्रदान गरिएको थिएन।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);