सरकारले सर्वोत्कृष्ट कर्मचारी भेटाएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सरकारले सर्वोत्कृष्ट कर्मचारी भेटाएन

sanghiya mamila

काठमाडौं, २३ भदौ । निजामती सेवाका ८६ हजार कर्मचारीमध्ये सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएन। सरकारले योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यस वर्ष पनि कसैलाई दिइएन।

निजामती सेवा दिवसको अवसरमा शुक्रबार सरकारले १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान ग-यो । उत्कृष्ट निजामती सेवा पुरस्कारको रकम एक लाख रूपैयाँ छ भने निजामती सेवा पुरस्कार ५० हजार रूपैयाँ राशिको छ । सर्वोत्कृष्ट पुरस्कार भने दुइ लाख रूपैयाँबराबरको छ।

सरकारले अघिल्लो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिएको थिएन। २०७३ मा भने शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो। निजामती सेवा दिवस अवसरमा २०६१ सालदेखि सरकारले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कार दिन थालेको हो। सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार भने हालसम्म चार जनाले मात्रै पाएका छन्।

सरकारले ०६८ सालमा तत्कालीन परीक्षा नियन्त्रक सूर्य गौतम, ०६९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन सचिव भगवतीकुमार काफ्ले र ०७० मा उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारीलाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको थियो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);