बिम्स्टेक सैन्य अभ्यासमा नेपाल नजाने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बिम्स्टेक सैन्य अभ्यासमा नेपाल नजाने

sainya abhyas

काठमाडौं, २३ भदौ । बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका हुन् । भदौ २५ देखि ३१ गते (सेप्टेम्बर १०–१६) सम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास हुँदैछ । प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना हुँदै आएको थियो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को सैन्य अभ्यासको समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी हुँदै थिए । प्रधानमन्त्रीको निर्देशनपछि नेपाली सेनाले सहभागिताका लागि गरेको सम्पूर्ण तयारी स्थगित गरेको छ ।

‘बिम्स्टेक राष्ट्रबीच हुने सैन्य अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने भएको छ’, सैनिक उच्च स्रोतले अन्नपूर्णसँग भन्यो, ‘पुणे सैन्य अभ्यासमा जान गरिएको सबै तयारी हामीले स्थगित गरेका छौं ।’ सैन्य अभ्यासमा जान नेपाली सेनाले अन्तिम तयारी गरिरहेको थियो ।

काठमाडौंमा भएको बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास हुने भनेका थिए । बिम्स्टेक सदस्य राष्ट्रका सेनाबीच पहिलो पटक हुन लागेको सैन्य अभ्यास अन्तराष्ट्रिय आतंकवाद र अन्तरदेशीय संगठित अपराधविरुद्ध केन्द्रित रहने बताइएको छ ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);