संयुक्त सैन्य अभ्यास गर्ने बिमस्टेकको निर्णयप्रति रावलको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

संयुक्त सैन्य अभ्यास गर्ने बिमस्टेकको निर्णयप्रति रावलको आपत्ति

Bhim Rawal

काठमाडौं, १९ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले संयुक्त सैन्य अभ्यास गर्ने बिमस्टेक शिखर सम्मेलनको निर्णयप्रति आपत्ति जनाएका छन् ।

पूर्व गृहमन्त्री समेत रहेका नेता रावलले बिमस्टेक सदस्य राष्ट्रहरुसँग संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी हुनुपर्ने औचित्य पुष्टि गर्न पनि सरकारसँग माग गरे । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र र नेपाली जनताको हितमा नहुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुने बिमस्टेक शिखर सम्मेलनको निर्णय आफूलाई मान्य नहुने चेतावनी दिए ।

नेता रावलले बिमस्टेक सदस्य राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णयबारे नेपाली जनतालाई चित्तबुझ्दो जवाफ दिन पनि सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले उल्लेख गर्न लायक कुनै पनि काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले दुई तिहाई बहुमत प्राप्त सरकारले विपक्ष र प्रेसलाई पेल्ने काम गर्नु दुःखद् भएको टिप्पणी गरे । काँग्रेस नेता रिजालले काम गर्ने सबैभन्दा अनुकूल वातावरण हुँदा पनि सरकारले काम गर्न नसकेको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);