निर्माण भएको चर्पी प्रयोगमा ल्याउन नसक्दा झाडीमा जान बाध्य छन् विद्यार्थी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ललित सिंह
बझाङ्ग, २१ भदौ । यहाँको एक बिद्यालयको चर्पी प्रयोग विहिन हुँदा बिद्यार्थी झाडी र खोला किनारामा दिशा पिसाब गर्न बाध्य भएका छन् ।

शिक्षा कार्यालयले बिद्यालयमा छात्रछात्राको आवश्यकतालाई मध्यनजर गर्दै तिन वटा चर्पी निर्माण गरिदिएको थियो । तर चर्पीका ५ कोठा प्रयोग विहिन भएपछि दुर्गा माध्यामिक बिद्यालय सैनपसेलाका छात्रछात्रा खोला किनारा र झाडीमा दिशापिसाब गर्न बाध्य भएका हुन् ।
बिद्यालयमा चार वटा चर्पी छन् जसमध्ये एक शिक्षकले प्रयोग गर्ने गरेका छन् । शिक्षकको चर्पीमा बिद्यार्थीलाई प्रबेश निषेध गरिएको छ । बाँकी तिन वटा चर्पिमा दिशाापिसाब भरिनुका साथै ढोकामा काँडेझार उम्रेर प्रयोगमा आउन नसकेको एक बर्ष भयो । बिद्यालयमा दिशा पिसाव लागेमा दर्गुदै खोला किनार र झाडीमा जानु पर्ने बाध्यता भएको कक्षा ९ मा अध्यनरत अन्नता जप्रेलले बताए ।

उनले भनिन् – कसैले देख्छकी भनेर डर लाग्छ हतार हतार पानी बिनै दिशा सफा गरेर कक्षा कोठामा बस्नु पर्छ । महिनावारी भएको समयमा त बिद्यालयमा जानै अप्ठ्यारो लाग्छ ।

घरमा चर्पी प्रयोग गरिन्छ बिद्यालयमा चर्पी प्रयोग गर्न पाईदैन । शिक्षकले प्रयोग गर्ने चर्पीमा गए कुटपिट गर्ने गर्छन् । विद्यार्थीको लागि बनाईएको चर्पीमा झारपात उम्रिएर भित्र पस्न नस्कने भएको छ । – कक्षा १० अध्यनरत राकेश जप्रले बताए ।

उनले भने – हामीले प्राटिकल गर्दा चर्पी सफा गरौँ सर भन्यौँ तर होइन शिक्षाबाट योजना माग्नु पर्छ भन्छन् । हाम्रो त बिद्यालयमा दुरदशा छ ।

शिक्षक तिलक दौल्या भन्छन् बिद्यार्थीलाई चर्पी प्रतिबन्ध छैन । एकै चर्पी मात्र प्रयोग गर्न मिल्ने भएकाले लाईनमा बस्नु पर्छ । पानीको अभाव छ । बिद्यार्थीलाई खाल्डोको दिशा सफा किन गराउने भन्ने हो । अब आन्तरिक स्रोतबाट भएपनि चर्पीको मर्मत गरिन्छ । उक्त विद्यालयमा ६ सयको संख्यामा विद्यार्थी रहेका छन् ।

कार्यालयमा हाजिर भएको एक हप्ता भएको छैन बिद्यालयको अवस्था बुझदै छु । अहिलेसम्म करिब १५ लाख रकम दुर्गा माबिमा चर्पी निमार्ण र मर्मतको लागि गएको जिल्ला शिक्षा अधिकारी पदम राज जोशीले बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);