वायुसेवा निगमको व्यवस्थापकीय सुधारमा प्रधानमन्त्री ओलीको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वायुसेवा निगमको व्यवस्थापकीय सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडौं, १६ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमले ब्यवस्थापकीय सुधार नगरे सरकारले सहयोग गर्न नसक्ने बताउनुभएको छ ।

सोमवार निगमको ६१ औ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नै नरहेको बताउनुभयो । उहाँले तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकार्वाहीमा सुधार नभए सरकार निगम संचालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाउनु भयो । उहाँले सरकार निगमको साथमा रहेको तर निगमले विमान संचालन गर्न नसकेकोमा आक्रोश व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान भर्नका लागि युरोपियन मुलुकहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै भएको विमानहरुलाई चुस्त राख्न पनि सचेत गराउनु भयो । प्रधानमन्त्री ओलीले निगमलाई आवश्यक बजेट दिन सकिने तर त्यसका लागि व्यवस्थापनमा सुधार हुनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);