आज ६१ औ संसद दिवस, सांसदको भिडियो प्रोफाईल तयार | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

आज ६१ औ संसद दिवस, सांसदको भिडियो प्रोफाईल तयार

samsad video

काठमाडौं, १६ असार । संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको छ ।

६१ औ संसद दिवसको अवसरमा सोमवार सिंहदरवारमा आयोजित एक कार्यक्रममा उक्त भिडियो प्रोफाईल सार्वजनिक गरिएको हो । सांसदको भिडियो प्रोफाइल संसद सचिवालयले तयार पारेको हो । कार्यक्रममा सभामुख कृष्ण बहादुर महराले सरकारको सबै प्रणालीलाई पेपर लेस गरि डिजिटलाइज्ड बनाउने अभियान अन्र्तगत नै सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको बताउनुभयो । उहाँले सांसदहरुलाई सचिवालयले उपलब्ध गराउन लागेको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजिएको गुनासो समेत गर्नुभयो ।

कार्यक्रममा उपसभामुख शिबमाया तुम्बाहाङफेले इतिहास लेख्ने र इतिहास खोज्ने सबैका लागि महत्वपुर्ण दस्तावेज को रुपमा भिडियो प्रोफाईल रहेको बताउनुभयो ।

त्यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जनताको आस्थाको केन्द्र संसद बाहेक अर्को होइन भन्ने प्रमाणित गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले जनताको जुनसुकै समस्या पनि संसदबाटै समाधान हुन्छ भन्ने प्रमाणित गर्न सकेमा संसदप्रति जनविश्वास बढ्ने र त्यो नै संसद दिवस मनाउनुको सफलता ठहर्ने उल्लेख गर्नुभयो ।

संघीय संसद सचिवालयले तयार पारेको सांसदहरुको भिडियो प्रोफाईल संसद दिवसको सन्र्दभ पारेर सार्वजनिकिकरण गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);