आत्महत्या न्यूनीकरणका लागि प्रहरीले बनायो लघुचलचित्र | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आत्महत्या न्यूनीकरणका लागि प्रहरीले बनायो लघुचलचित्र

खोटाङ । आत्महत्या न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामुलक लघुचलचित्र ‘आत्महत्या नगरौं, बाँचौं र बचाऔं’ तयार पारेको छ । जिल्लामा बढ्दो आत्महत्याका घट्नालाई निरुत्साहनका लागि समाजमा सचेतना फैलाउने लक्ष्यका साथ जिल्ला प्रहरी कार्यालयले ४३ मिनेटको लघु चलचित्र तयार पारेको हो । पछिल्लो समय जिल्लामा आत्महत्याका घट्ना अधिक घट्ना थालेकाले आत्महत्या न्यूनीकरणका लागि जनचेतनामुलक लघु चलचित्र तयार पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । 

जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहसँगको सहकार्यमा सन्देशमुलक लघु चलचित्र बनाएको हो । लघु चलचित्र सोमबार जिल्ला समन्वय समितिको समिक्षालय हलमा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले सार्वजनिक गरेका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाउँ टोलदेखि क्याम्पस, विद्यालय लगायतमा सञ्चालन गरिने सचेतनामुलक कार्यक्रममा देखाउनेगरी लघु चलचित्र तयार पारिएको डिएसी लम्सालले बताए । 

भिडियो हेर्नमा अधिकांश स्थानीय झुम्मिने भएकाले प्रहरीले लघु चलचित्रको माध्यमबाट समुदायमा सचेतना फैलाउने योजना बनाएको हो । जिल्लामा आत्महत्याका सत्य घट्नामा आधारित रहेर लघु चलचित्र तयार पारिएको प्रहरीले जनाएको छ । लघु चलचित्रमा गरीवी, अशिक्षा, बैदेशिक रोजगार, प्रेममा बिछोड, असफलता, मद्यपान÷धुम्रपान लगायतका कारण कतिपय मानिस आत्महत्याको बाटो रोज्न बाध्य हुने चित्रण गरिएको छ । 

जेपी आचार्य ‘फिरन्ते’ले लेखेको कथालाई डिएसपी लम्सालको परिकल्पना र सञ्जिव राईको निर्देशनमा लघु चलचित्रमा उतारिएको हो । खोटाङका विभिन्न स्थानमा छायांकन गरिएको लघु चलचित्रमा सरिता भुजेल लगायत स्थानीय कलाकारकै अभिनय रहेको छ । लघु चलचित्रका बारेमा जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल लगायतले बोलेका थिए ।

प्रहरीका अनुसार जिल्लामा आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ सम्ममा १९१ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्ष मात्र १८ पुरुष र १३ महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);