निगमको काम र भुमिकामा धेरै सुधारको खाँचो : पर्यटनमन्त्री अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निगमको काम र भुमिकामा धेरै सुधारको खाँचो : पर्यटनमन्त्री अधिकारी

rabindra adhikari

काठमाडौं, १७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वायुसेवा निगमले आफ्नो सेवालाई थप सुधार गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।

नेपाल वायुसेवा निगमको ६० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले वायुसेवा निगमले गर्नुपर्ने कार्यहरु र भुमिकामा धेरै सुधारको खाँचो रहेको औँल्याए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको उडानमा तीव्र प्रतिस्पर्धाका साथ अगाडि बढनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वायुसेवा निगमको सुधारका लागि हस्तक्षेपकारी भुमिका निभाउन सरकारसँग आग्रह गरे । उनले वाइडबडी बिमानको खरिद प्रक्रियासँगै त्यसलाई निरन्तर संचालन गर्न आवश्यक जनशक्ति व्यवस्थापन गर्दै लैजाने बताए । केही समयपछि अर्को वाइड विमान र अन्य न्यारोवडी विमान खरिद गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);