कञ्चनपुर, १० असार । कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल रद्द भएको छ । मंगलबार वर्षाको कारण भिजेको मैदान नसुक्दा सुदुरपश्चिम प्रदेश र प्रदेश २ बीचको पहिलो सेमिफाइनल खेल रद्द भएको हो ।
हिलाम्मे मैदानको कारण खेल रद्द भएसंगै सुदुरपश्चिम प्रदेश फाइनलमा पुगेको छ । प्रतियोगिताको नियम अनुसार सुदुरपश्चिम समूह विजेताको हैसियतमा फाइनल पुगेको हो । सुदुरपश्चिम समूह ’ए’ को शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको छ ।
जारी प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहेको छ । जसमा सात प्रदेश र एक विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् ।