राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आज दुई खेल नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आज दुई खेल नहुने

काठमाडौ. १५ पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । दाङको लमहीमा सञ्चालित प्रतियोगितामा समुह बी अन्तर्गत सुदुरपश्चिम प्रदेशले प्रदेश १ तथा बागमती प्रदेशले गण्डकी प्रदेशको सामना गर्ने छ । पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले प्रदेश १ संग खेल्नेछन् ।

यसअघि दुवै टिमले पहिलो खेलमा जित हात पारेका थिए । लगातार दोस्रो जित निकाल्दै दुवै टिम सेमिफाइनल स्थान बलियो बनाउन चाहान्छन् । यस्तै, दोस्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशविरुद्ध खेल्नेछ ।

दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीमा रहेका छन् । यसअघि दुवै टिमले आफ्नो पहिलो खेलमा खराब सुरुवात गरेका थिए । समुह ए बाट विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका छन् । एपीएफ समुह विजेता तथा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);