बुढीगण्डकी जलविद्युत् निर्माणको जिम्मा कसैलाई दिएको छैन : ऊर्जामन्त्री पुन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बुढीगण्डकी जलविद्युत् निर्माणको जिम्मा कसैलाई दिएको छैन : ऊर्जामन्त्री पुन

budigandaki-barsaman

काठमाडौं, ९ असार । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा कसैलाई नदिएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत उर्जा, जलस्रोत तथा सिंचाई शिर्षक माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री पुनले अहिले सम्म निर्माणको जिम्मा कसैलाई नदिएको स्पष्ट पार्नुभएको हो ।

विपक्षी दलका सांसदहरुले कांग्रेस नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना नेपालकै लगानीमा निर्माण गर्ने निर्णय गरेकोमा बर्तमान सरकारले चिनिया कम्पनी गेजुवालाई दिने निर्णय गरेको भन्दै प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री पुनले गेजुवा कम्पनीसंग ५ महिना अघि ३ चरणमा छलफल भएपनि निर्माण गर्ने गरि कुनै सम्झौता नभएको स्पष्ट पार्नुभयो । उहाँले बुढी गण्डकी आयोजनाका लागि पेट्रोलमा लगाएको ५ रुपैया करबाट ३० अर्ब संकलन भएकोमा २५ अर्ब आयोजनाको मुआब्जा वितरणमा खर्च भईसकेको बताउनुभयो ।

मन्त्री पुनले १ खर्ब जति मुआब्जा वितरण गर्नुपर्ने अनुमान अनुसार कर संकलनबाट नै सो रकम परिपुर्ति हुने अनुमान सरकारले लिएको पनि स्पष्ट पार्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);