धादिङको गल्छीमा जीप दुर्घटना हुँदा पाँचको मृत्यु, १० घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

धादिङको गल्छीमा जीप दुर्घटना हुँदा पाँचको मृत्यु, १० घाइते

accident

धादिङ, ६ असार । धादिङको गल्छी गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । गल्छी गाउँपालिका–४ बाट बैरेनीतर्फ गइरहेको बा१८ज ९४०४ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दुई पुरुष र तिन महिला छन्। मृत्यु हुनेहरूमा गल्छी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय राजु रम्तेल, सोही ठाउँका ४० वर्षीय सेतु रम्तेल, गल्छी गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया कान्छी भुजेल, ३५ वर्षीया नानु तामाङ र २१ वर्षीया समीक्षा अधिकारी रहेको प्रहरीले जनाएको छ ।

कच्ची सडकमा तीब्र गतिका कारण जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। जीप सडकबाट पन्ध्र मिटर तल खसेको थियो। दुर्घटनामा परेर घाइते भएकालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।