विपक्षी दलले संविधान र कानुनको उलंघन गरेको योगेश भट्टराईको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

विपक्षी दलले संविधान र कानुनको उलंघन गरेको योगेश भट्टराईको आरोप

Yogesh-Bhattarai

काठमाडौं, ५ असार । सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले विपक्षी दलले संविधान र कानुनको उलंघन गरेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको विहीबारको बैठकमा विनियोजन विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै उहाँले प्रजातन्त्रवादीको श्रीपेच लगाईदिएको पार्टीले संविधान नियम, कानुन नमान्नुको साथै संसदमा सभामुखको आदेश पनि नमान्ने गरेको बताउनुभएको हो ।

प्रधानमन्त्रीले बोल्न खोजेको बेला समय नपाउनु भनेको संसदीय इतिहास र परम्परा विपरित भएको उहाँले तर्क गर्नुभयो । आफुलाई प्रजातन्त्रवादीको श्रीपेच लगाएर मात्रै नहुने भन्दै उहाँले प्रतिनिधिसमा नियमावलिको दफा १२ मा दैनिक कार्यसुचीको बारेमा उल्लेख भएको र त्यसलाई संसदमा रहेका सबैले मान्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “सभामुखका आदेश मान्दैनौ ? नियम मान्दैनौ । कानुन मान्दैनौ । संविधान मान्दैनौ । किन कि दुनियाँले हामीलाई प्रजातन्त्रवादी भनिदिएकै छ । संविधान नमानेपछि प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाईएकै छ । त्यसकारणले संविधान मान्दैनौ । कानुन मान्दैनौ । कानुन र संविधान कम्युनिष्टलाई मात्रै लाग्छ ।”

उहाँले आगामी दिनमा यस्ता क्रियाकलापप्रति पुर्नविचार गर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “मलाई त लागेको थियो, नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीले संसदमा जे भयो, त्यसमा आत्मालोचन गर्ला भनेको त भोलिपल्ट आएर झन् रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो ढंगले पो यहाँ प्रस्तुत हुन थाल्नुभयो । ”

उहाँले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समय बेलायतमा पढेपनि त्यहाँको संसदीय अभ्यासलाई भने नबुझेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “विश्वविद्यालयतिर धेरै जानुपर्ने भएकाले होला बेलायतको संसदतिर भने जान उहाँलाई फुर्सद भएनछ । त्यसकारण बेलायतको अभ्यास के थियो ? दुनियाँको संसदीय अभ्यास के थियो भन्ने सायद कम जानकारी भयो होला । ”

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);