'पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने व्यवस्था नगर्न सचेत' | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने व्यवस्था नगर्न सचेत’

sikshya samiti

काठमाडौं, ५ असार । सांसदहरुले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन । सांसदहरु देवप्रसाद गुरुङ, योगेशकुमार भट्टराई र खगराज अधिकारीले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई दिने काम नगर्न सरकारलाई सचेत गराउनु भएको हो ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक समेत रहनु भएका गुरुङले राष्ट्रिय सुरक्षाका निम्ति पनि सो पदार्थको प्रयोग अधिकार निजी क्षेत्रलाई दिन नहुने उललेख गर्नुभयो ।

त्यसैगरी सांसद योगेश भट्टराईले जातीय युद्धमा समेत दुरुपयोग हुने भएकाले विनाअध्ययन सो पदार्थको प्रयोग गर्ने व्यवस्था नगर्न सरकारलाई सचेत गराउनु भयो ।

अर्का सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पारमाणविक पदार्थको उपयोग जथाभावी गर्नु घातक हुने भएकाले त्यसको प्रयोग सरकारले मात्रै गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

बैठकमा पारमाणविक पदार्थको प्रयोग सुरक्षित र व्यवस्थित बनाउन सरकारले ढिलाई गर्न नहुनेमा पनि जोड दिइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);