सुन तस्करीको शैली फेरिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुन तस्करीको शैली फेरिँदै

sun

काठमाडौं, ४ असार । सुन तस्करी रोक्न सरकारले कडाइ गरे पनि सुन ओसारपसार रोकिएको छैन । तस्करीमा संलग्नहरूले फरक शैली अपनाएर अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन भित्र्याउँदै आएका छन् ।

वैदेशिक रोजगारका लागि कतार पुगेका कामदारहरूलाई आर्थिक प्रलोभन दिई भरिया बनाएर सुन काठमाडौं भित्र्याउने गरिएको फेला परेको छ । त्यसका लागि तस्करीमा संलग्नहरूले कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरिरहेका छन् । विमानस्थलभित्रै जुनसुकै वेला सुन तस्करीमा संलग्नहरू भेटिन्छन् ।

बोर्डिङ पास बनाउने क्षेत्रसम्म पहुँच पुयाएका उनीहरूले नेपाल फर्कनेहरूलाई आर्थिक प्रलोभन दिई सुन बोकाएर पठाउने गरेका छन् । नेपाल सरकारले तोकेको मापदण्डअनुसार ५० ग्राम सुन लगिदिए ६ हजार रुपैयाँ नगद दिने, काठमाडौंको रातोपुलस्थित जनक होटेलमा खान–बस्नको व्यवस्था हुने र घरसम्म पुग्ने गाडीका लागि टिकटसमेत व्यवस्था गरिदिने प्रस्ताव उनीहरूले गर्ने गरेका छन् ।

दोहाबाट फर्कने क्रममा नयाँ पत्रिकाकर्मीलाई पनि विमानस्थलभित्र उनीहरूले त्यस्तो प्रस्ताव गरेका थिए । चितवन घर बताउने विश्वास लामा, सिर्जन थापा मगर र सिरहा घर बताउने (नाम नखुलेका) व्यक्तिले त्यस्तो प्रस्ताव गरेका थिए । विमानस्थलभित्रै करिब आधा दर्जन संख्यामा तस्करहरू परिचालित थिए । बोर्डिङ पास बनाउन लाइन बस्न जान लागेकालाई बोलाएर पालैपालो डिल गरिरहेको देखिन्थ्यो । सुन बोकेर जान प्रस्ताव आएपछि त्यसक्रममा भएका सम्पूर्ण कुराकानीको नयाँ पत्रिकाकर्मीले गोप्य रूपमा भिडियो रेकर्डिङ गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);