गुठी बिधेयकको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओली छलफलमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

गुठी बिधेयकको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओली छलफलमा

kp oli

काठमाडौंबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसंग छलफल

काठमाडौं, २ असार । संसदमा दर्ता भएको गुठी बिधेयकको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसवारे आन्तरिक छलफल शुरु गर्नुभएको छ । गुठी विधेयकका कारण आन्दोलन चर्किने देखेपछि नेकपा नेताहरुले फिर्ता गर्ने वा स्थगन भन्नेमा आन्तरिक छलफल तिव्र बनाएका छन् ।

प्रधानमन्त्री केपी ओलीले सोमबार भूमिसुधार मन्त्री पद्मा अर्यालसँग विधेयककाबारेमा सोधपुछ गर्नुभएको थियो । त्यसैगरी प्रधानमन्त्री ओलीले सोमवार बिधेयकका सम्बन्धमा नेकपाका काठमाडौंबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुसंग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेर उनीहरुको धारणा बुझने कोशिस गर्नुभएको जनाइएको छ । सोमवारै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बिधेयकका सम्बन्धमा काठमाडौंका नेताहरुसँग संसदभित्र छलफल गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);