विश्वकप फुटबल छनौट : स्पेनको सानदार जित, लिचेस्टाइन ८–० ले पराजीत | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

काठमाडौँ, २१ भदौ । विश्वकप फुटबल छनौट अन्तर्गत आज राति भएको खेलमा स्पेनले लिचेस्टाइन ८–० ले हराएको छ। रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको स्पेनले मंगलबार राति भएको खेलमा लिचेस्टाइनलाई ८–० ले हराएको हो । अवे मैदानमा भएको खेलमा स्पेनले पहिलो हाफमा चार र दोस्रो हाफमा तीन गोल गर्‍यो।

 

स्पेनको जितमा अल्भारो मोराटा र लागो एस्पासले दुई दुई तथा सर्जियो रामोस, इस्को र डेविड सिल्भाले एक एक गोल गरे। लिचेस्टाइनका गोप्पेलले खेलको अन्तिममा आत्मघाती गोल गरे।

 

मंगलबार राति नै भएको अर्को खेलाम इटालीले इजरायललाई १–० ले हरायो भने मेसेडोनिया र अल्बानियले १–१ को बराबरी खेले। जितपछि स्पेन २२ अंकसहित समूहको शीर्ष स्थानमा छ भने १९ अंकसहित इटाली दोस्रो स्थानमा छ।