पोखरामा गोली चल्यो, एक जना लागुऔषध कारोबारी घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

पोखरामा गोली चल्यो, एक जना लागुऔषध कारोबारी घाइते

goli parahar

पोखरा, २९ जेठ । पोखराको उत्तमचोकमा प्रहरीले गोली हानी एक जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागू औषधको कारोबार हुँदै गरेको जानकारी पाएपछि प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै प्रहरीलाई नै आक्रमण गरेपछि प्रतिरक्षामा प्रहरीले गोली चलाएको हो।

प्रहरीले चलाएको गोलीबाट पोखरा रामबजारका ३० वर्षीय गोविन्द घाइते भएका छन् भने दुई जना भागेका छन् । घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा प्रहरीको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखराको उत्तमचोकमा रहेको एक क्याफेमा प्रहरीले उनीहरुलाई लागूऔषध लिएर हिँडेको विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो । घटनामा घाईते भएका प्रहरी सन्तोष सुबेदी पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज भएका छन् ।

प्रहरीले उनीहरुको साथबाट १५ सय थान लागूऔषध बरामद गरेको छ । साथै घटनास्थलबाट प्रहरीले घाइते थापाले प्रयोग गरेको ग१३प ८२२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);