पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा

FNJ-Nepal-patrakar-mahasangh

विधेयक फिर्ता नलिएसम्म आन्दोलन नरोकिने महासंघको चेतावनी

काठमाडौं, २८ जेठ । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएको छ । महासंघका महासचिव रमेश विष्टले सो विधेयक फिर्ता नभएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिनु भएको हो ।

उहाँले सरकारले आफूहरुको जायज माग सम्बोधन गर्न पनि चासो नदिएको भन्दै दुःख पनि व्यक्त गर्नु भयो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विष्टले आफूहरुको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिएको भन्दै आपत्ति जनाउनु भयो ।

तेस्रो चरणको दवाव आन्दोलनको कार्यक्रम

नेपाल पत्रकार महासंघले सरकारले मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुने गरी ल्याएको दावी गर्दै त्यसलाई फिर्ता लिन तेस्रो चरणको दवाव आन्दोलनको कार्यक्रम पनि घोषणा गरेको छ ।

जस अनुसार असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान संचालन गर्ने, असार ६ गते सो हस्ताक्षर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने, असार १० गते मिडिया काउन्सिल विधेयक विरुद्ध कार्टुन प्रर्दशनी गरिनेछ।

महासंघका महासचिव विष्टले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत असार २० गते वृहत प्रेस स्वतन्त्रता सभा आयोजना गर्ने, असार २५ गते लालटिन जुलुस आयोजना गर्ने र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम पनि तय गरिएको जानकारी दिनु भयो ।