बजार भाउ बढेसँगै अवैध चोरी निकासी बढ्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बजार भाउ बढेसँगै अवैध चोरी निकासी बढ्ने

mahangi pasal

काठमाडौं, २६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि सार्वजनिक गरेको बजेटको प्रभावका कारण अहिले मदिरा तथा सुर्तीजन्य वस्तुको बजार मूल्य बढेको छ ।

जसका कारण अब यस्ता वस्तुको अवैध चोरी निकासी बढ्ने अवस्था देखिएको सम्बन्धित सरोकारवालाहरूको भनाइ छ । गत १५ जेठमा अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आवको बजेटमार्फत मदिरा र सुर्तीजन्य वस्तु आयातमा भन्सार र अन्तशुल्क बढाइएको जानकारी गराए पनि अहिले मदिरा र सुर्तीसेवन गर्ने उपभोत्ताले बढी मूल्य तिर्न बाध्य भएका हुन् । हाल मुलुकमा मदिरा तथा सुर्तीजन्य अधिकांश वस्तुहरू स्वदेशमा उत्पादनका अतिरिक्त विदेशबाट पनि ठूलो परिमाणमा आयात हुने गरेको छ ।

त्यस्ता वस्तुको भन्सार र अन्तः शुल्क कर बढेपछि मदिरा बिक्री मूल्य बढेको हो । आगामी आवको बजेट पछि अल्कोहलरहित वियरको मूल्यमा प्रतिलिटर १७ रुपैयाँ अन्तःशुल्क करको भार थपिएको छ । यसैगरी, इनर्जी ड्रिंक्समा प्रतिलिटर ३० रुपैयाँ, जौंबाट उत्पादित वियरमा प्रतिलिटर १६५ रुपैयाँ कर थपिएको छ । त्यसैगरी, १२ प्रतिशत अल्कोहल भएका वाइनहरूको पैठारीमा प्रतिलिटर ३७० रुपैयाँ अन्तः शुल्क कर लाग्ने भएको छ ।

१७ प्रतिशतभन्दा बढी अल्कोहल भएका वाइनको आयातमा ४३० रुपैयाँ कर वृद्धि भएको छ । स्वदेशमा उत्पादित फलफूल र तीनको सारबाट बनेका १२ प्रतिशतसम्म अल्कोहल भएका स्वदेशी वाइनमा प्रतिलिटर १३५ रुपैयाँ कर थपिएको छ । यसैगरी, छ्याङ (कन्ट्री वियर) को प्रतिलिटरमा ३५ रुपैयाँ मूल्य बढेको छ ।

त्यसैगरी, सेम्पेन, सेरी, मिड, पेरी र विदेशमा उत्पादित साइडरको प्रतिलिटरमा ४३० रुपैयाँ मूल्य अभिवृद्धि भएको छ । स्वदेशमा उत्पादित साइडरमा भने प्रतिलिटर १८० रुपैयाँ मूल्य बढेको छ । अन्य साइडरको मूल्य पनि प्रतिलिटर ४३० रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, ८० प्रतिशत घनत्व भएका अल्कोहल शक्ति वा क्षमता भएका अन्डिनेचर्ड इथाइल अल्कोहल प्रतिलिटरमा ६० रुपैयाँ मूल्य अभिवृद्धि भएको छ ।

वाइन तथा ब्रान्डीको कच्चा पदार्थको रूपमा प्रयोग हुने पदार्थ मादक पदार्थको प्रतिलिटर मूल्यमा १६५ रुपैयाँ थपिएको छ । १५ यूपी शक्तिको ९४८।५ प्रतिशत अल्कोहल शक्ति भएका० वस्तुको मूल्यमा प्रतिलिटर १ हजार ३२५ रुपैयाँ मूल्य वृद्धि भएको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);