मेयरले एकलौटी गरेको भन्दै उपमेयरले दिइन् राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

मेयरले एकलौटी गरेको भन्दै उपमेयरले दिइन् राजीनामा

rita-kumari-mishra

जनकपुरधाम , २६ जेठ । जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्रले नगरपालिकाको विभिन्न उपसमितिको संयोजकको जिम्मेवारीबाट राजिनामा दिएकी छिन । शुक्रवार उनले लिखित रुपमै निवेदन दर्ता गराएर एक्सन कमिटी, लामखुट्टे नियन्त्रण कमिटी र रंग पेन्ट वितरण कमिटीको संयोजक पदमा नरहने जानकारी गराएकी छिन् ।

यो राजिनामा प्रकरणले मेयर र उपमेयर बीचको विवादको रुपमा लिइएको छ । राष्ट्रिय जनता पार्टीबाट मेयर र उपमेयरमा जितेका लालकिशोर साह र रिताकुमारी झा बीचको सम्बन्ध नराम्रो ढंगले विग्रेको छ ।

मेयर लालकिशोर साहले एकलौटी ढंगले नगरपालिका चलाउन थालेपछि यो विवाद अगाडि आएको छ । जनकपुरधामको सडक बिस्तारका क्रममा घरहरू भत्काउन तथा तोडफोड गर्न उपमेयरको संयोजकत्वमा एक्सन कमिटी बनाइएको थियो । पछिल्लो समयमा केही घरहरूको पर्खालसहित तोडफोड गर्दा आफूलाई कुनै जानकारी नै नदिई भत्काईएको उनले दाबी गरिन् ।

आफू एक्सन कमिटीको संयोजक रहेपनि आफूलाई जानकारी नै नगराएर तोडफोड गरिँदा भोलि अदालतमा मुद्दा नै हाले आफू फस्न सक्ने हुनाले संयोजक पदमा नरहने गरी निवेदन दिएको उपप्रमुख मिश्रले बताइन् ।

‘शहरमा लामखुट्टे नियन्त्रणका लागि अहिले मोबिल छर्किने काम भई रहेको छ । ’तर त्यसमा पनि आफूलाई कुनै जानकारी नै गराइएको छैन, कति मोबिल वा कति औषधि वा कुन कुन ठाउँमा छर्किने काम भइरहेको छ त्यसबारे कुनै पनि जानकारी नै नगराइएकाले संयोजक पदमा नरहने भनेकी हुँ’ उपप्रमुख मिश्रले भनिन् ।

शहरमा घरहरू तोडफोड हुँदा भत्किएका घरधनीको घरमा रंग लगाउन उपमहानगरपालिकाले निशुल्क रंग वितरण गर्ने गरेको छ । उक्त कमिटिको संयोजक रहेपनि के कति जनालाई कति कति रंग वितरण गरियो त्यसबारे कुनै पनि जानकारी नै गराईएको छैनउनको आरोप रहेको छ ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, प्रमुख प्रशासकीय अधिकृत सीता परियार र कमिटीमा रहेका वडाध्यक्षहरूको सिफारिसमा ती सबै काम भइरहेको उनले आरोप लगाईन् । ‘म कमिटीमा संयोजक छु, तर मैले कहिल्यै बैठक नै बोलाएकी छैन तर पनि ती कमिटीहरुले आफैं खुशी काम गरेकाले पनि जिम्मेवारी बाट हटेको हो’ उनको दाबी रहेको छ । अनावश्यक रूपमा मेयर साहले हस्तक्षेप गर्दै आएकाले पनि हटेकी हुँ उनले आरोप लगाएकी छिन् । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);