चालीस वर्षसम्म सिँचाइ योजना अधुरै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

चालीस वर्षसम्म सिँचाइ योजना अधुरै

sichai ayojana

काठमाडौं, २६ जेठ । बारेकोट गाउँपालिकाको नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पञ्चायतकालमै शुरु भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन । पञ्चायत कालपछि बहुँदलिय प्रजातन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको स्थापना भए पनि नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पूरा नभएपछि खाद्य अभावको समस्या झेल्दै आएका बारेकोटवासीको आफै अन्न फलाउने सपना अधुरै छ ।

उक्त सिँचाइ योजना पूरा नभएपछि नेपाल खाद्य संस्थानको नायकबाडाघाट खाद्य डिपोका भरमा बारेकोटवासीले जीवन निर्वाह गर्नु परेको छ । पञ्चायतकालमा निर्माणकार्य शुरु गरेको उक्त योजना हालसम्म पूरा हुनसकेको छैन । बजेट अभाव र निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीको लापरवाहीले उक्त योजना अलपत्र परेको हो ।

तत्कालीन नायकबाडा पञ्चायत वडा नं १, ३, ६ र ७ को खेतीयोग्य जमीनमा सिँचाइ गर्ने उद्देश्यले योजनाको निर्माण शुरु भएको थियो । तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य दीपबहादुर सिंहको पहलमा योजनाको निर्माणकार्य शुरु भएको थियो । नायकबाडा सिँचाइ योजना निर्माणका क्रममा दर्जन ठेकेदार बदलिएको बारेकोट गाउँपालिका–५ का वडाध्यक्ष अजवीर सिंहले बताउनुभयो ।

तत्कालीन जिल्ला विकास समिति, सिँचाइ कार्यालयलगायत निकायबाट दुई÷तीन वर्षको अवधिमा बोलपत्र हुने र ठेकेदार बदलिने तर, निर्माणकार्यले गति नलिने गरेपछि योजना अलपत्र परेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बारेकोट–४ स्थित दह खोलाबाट पानी ल्याएर मैना, पाखा, गैरीगाउँ, साउबाडा, भैलोखान, तोलखान, घाटलगायतका स्थानको २०० हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ गर्ने योजनाको लक्ष्य रहेको थियो ।”

योजनाको छ किलोमिटर लम्बाई कुलोमध्ये ६० प्रतिशत ट्याक खोल्नेकार्य पूरा भइसकेको छ । कुलोको बीचमा निर्माण नहुँदा समस्या उत्पन्न भएको छ । झण्डै ४० वर्षको अवधिमा उक्त योजनामा रु १२ करोड भन्दा बढी खर्च भइसकेको छ । समयमा कुलो निर्माण नहुँदा र सिँचाइ अभावले वडा नं ४ र ५ का बासिन्दाको खेतीयोग्य जमीन बाँझो छ । सिँचाइ अभावमा बारेकोट क्षेत्रमा उत्पादन न्यून भई वर्षेनी खाद्य अभाव हुने गरेको छ ।

सिँचाइ विकास डिभिजन कार्यालयले पनि नायकबाडा सिँचाइ योजनाका लागि आर्थिक वर्ष २०७३÷७४ देखि हालसम्म रु एक करोड खर्च गरिसकेको भए पनि कामको उपलब्धि देखिएको छैन । डिभिजन कार्यालयले छ किलोमिटर लम्बाइको कुलो रु पाँच करोड ४८ लाख लागतमा निर्माण गरी १२० हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);