कम उमेरमा विवाह गर्ने प्रवृत्ति रोकिएन | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

कम उमेरमा विवाह गर्ने प्रवृत्ति रोकिएन

baal biwaha

भरतपुर, २६ जेठ । उमेर नपुगी विवाह गर्ने प्रवृत्ति चितवनमा रोकिएको छैन । जिल्ला तथ्याङ्क कार्यालयले दिएको तथ्याङ्कअनुसार चितवनमा विगत एक दशकमा एक लाख ७० हजार ८८६ जनाले १९ वर्ष उमेर नपुग्दै विवाह गरेका छन् ।

कार्यालय प्रमुख जीवनाथ आचार्यले राज्यले कानुन बनाएर कम उमेरको विवाह प्रथालाई रोक्ने प्रयास गरे पनि तथ्याङ्कले वाल विवाह नरोकिएको देखिएको बताउनुभयो । “कानुनले तोकेको भन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिएन” उहाँले भन्नुभयो, “जनचेतनाको कमीले पनि वाल विवाह गर्ने क्रम वढ्दो छ ।”

सिमान्तकृत समुदायमा पर्ने चेपाङ्ग, दराई, वोटे, थारु लगायतका समुदायमा कम उमेरमै विवाह गर्ने प्रचलन वढी छ । महिला अधिकारकर्मी मिना खरेलले मागेर वा भागेर वाल विवाह गर्ने क्रम वढ्दो रहेको बताउनुभयो । मुलुकी अपराध संहिता २०७४ मा केटा वा केटीको विवाहका लागि उमेर २० वर्ष पुग्नुपर्ने प्रष्ट व्यवस्था छ । कम उमेरमा विवाह भए विवाह नै वदर हुने र विवाह गर्ने गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवानाको ब्यवस्था कानुनले गरेको छ ।

कोराककी १५ वर्षीया सन्तमाया चेपाङ्गले छोरा जन्माउनुभएको छ । “स्कूल गइन्थ्यो । सहपाठीसँग माया बस्यो । अनि विवाह पनि भयो”उहाँले कम उमेरमा विवाह गर्नुका बारेमा बताउनुभयो ।

तथ्याङ्क कार्यालयका अनुसार १० वर्ष नै नपुगी विवाह गर्नेको संख्या चितवनमा पाँच हजार १९७ , ११ देखि १४ वर्ष उमेरमा ३२ हजार ३३८ र १५ देखि १९ वर्ष उमेरमाएक लाख ३३ हजार ३६९ ले विवाह गरेका छन् ।
भरतपुर अस्पताल प्रसुति विभाग प्रमुख डा। सुनिलमणि पोख्रेलले सानै उमेरमा विवाह गर्ने र पछि आमा वन्ने क्रम वढेको वताउनुभयो । “२० वर्ष नपुगी कुनै पनि महिला आमा वन्नका लागि योग्य हुदिनन्, तर पनि सानै उमेरमा विवाह गर्ने र आमा वन्ने क्रम वढ्दो छ”, उहाँले भन्नुभयो, “यसले वाल मृत्यु र मातृ मृत्युदर वढाउन मद्दत गरेको छ ।”

कम उमेरमा आमा बन्न वाध्य हुने किशोरीहरुको शिशु जन्माउँदा बढी रक्तश्राप हुने, आमालाईबढी पिडा हुने र मृत्युसम्म हुने गरेको उहाँले बताउनुभयो । तथ्याङ्कले चितवनमा एक हजार शिशु जन्ममा ३० जनाको मृत्यु र साढे १० प्रतिशत मातृमृत्यु दर भएको देखाउछ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);