धादिङ जिल्ला उपाध्यक्षलाई प्रहरीले मार्ने षडयन्त्र गरेको तरुणदलको आरोप | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

धादिङ जिल्ला उपाध्यक्षलाई प्रहरीले मार्ने षडयन्त्र गरेको तरुणदलको आरोप

tarun dal

काठमाडौं, २५ जेठ । नेपाल तरुण दलले धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी(राधे)लाई राज्य सुरक्षा संयन्त्रले नै मार्ने षडयन्त्र गरेको आरोप लगाएको छ । तरुण दलले शनिबार नेपाली कांग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी नेपाल प्रहरी नै भण्डारीको ज्यान लिने षडयन्त्रमा लागेको दाबी गदै जीवन रक्षाको माग गरेको हो ।

पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले धादिङको रोराङ गाउँपालिका टुनेदोबानमा जेठ २२ गते भएको विवादमा संलग्न नै नभएका भण्डारीलाई स्थानीय जनक मगरले किटानी जाहेरी दिएको भनी गलत कागज बनाई प्रहरीले नियन्त्रणमा लिने काम गरेको भन्दै आपत्ती जनाउनुभयो ।

कार्यक्रममा स्थानीय जनक मगरले पुलिस आफैले तयार पारेको किटानी जाहेरीमा जवरजस्ती हस्ताक्षर गर्न लगाएको बताउनुभएको थियो ।

तरुणदलले उपाध्यक्ष भण्डारीलाई रिहा नगरे देशव्यापी आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।