काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका सांसद प्रकाश मान सिंहले आर्थिक बर्ष २०७६/७७ को बजेटलालई बलियो सरकारको कमजोर मनस्थितिको बजेट भएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभाको विहिबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा भाग लिदै उहाँले बलियो सरकारले कमजोर मनस्थितिको बजेट ल्याएको धारणा राख्नुभएको हो । सांसद सिंहले संघीयता कार्यान्वयनको प्रतिवद्धता देखाउनु पर्नेमा सरकार त्यसभन्दा पछि हट्दै गएको बताउनुभयो ।
त्यसै गरी नेपाली कांग्रेसकै सांसद बालकृष्ण खाँडले पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले मुलुकको सम्मृद्धि हासिल गर्न नसक्ने दाबी गर्नुभयो ।
उहाँले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गरेपनि बजेटले संघीयताको आधारशिलालाई नमानेको टिप्पणी गर्नुभयो ।




