मुलुकको अर्थतन्त्र डरलाग्दो दुश्चक्रमा फस्दै : विनोद चौधरी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मुलुकको अर्थतन्त्र डरलाग्दो दुश्चक्रमा फस्दै : विनोद चौधरी

काठमाडौं, २१ जेठ । नेपाली कंग्रेसका सांसद विनोद कुमार चौधरीले संघीयताको खर्च धान्न नसक्ने गरी बढ्दै गएकाले मुलुकको अर्थतन्त्र डरलाग्दो दुश्चक्रमा फस्दै गएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले स्थानीय सरकारका लागि धान्न नसकिने राज्यकोषको खर्च, सुरक्षा निकाय लगायतमा हुने खर्च लगायतलाई राजश्वले धान्न नसक्ने भएकाले मुलुक डरलाग्दो दुश्चक्रमा फसेको बताउनुभएको हो । उहाँले भन्नुभयो “सरकारको साईज र आकार मोटाउँदै छ त्यो आफैमा त्यसको बोझ भोली राष्ट्रले धान्न नसक्ने कुरा निश्चित छ । ”

गतिशिल अर्थतन्त्रका लागि ६० प्रतिशत विकास खर्च र ४० प्रतिशत चालु खर्च हुनुपर्नेमा त्यसो नभएको भन्दै उहाँले बजेटमा अनुमान गरिएको विकास खर्च पनि खर्च गर्ने क्षमता सरकारसंग नरहेको बताउनुभयो ।

विकास खर्च कम र चालु खर्च बढ्दै जानुले मुलुकको अर्थतन्त्र कमजोर बनाउँदै लैजाने र अन्तत त्यसले उच्च करको स्थितिमा पुर्याउने दाबी उहाँले गुर्नभयो । निर्यात घट्नु, आयात बढ्दै जानु तथा चालु खर्चका लागि उत्पादनले धान्न नसक्ने गरि कर दरमा वृद्धि गर्नुपर्ने स्थिति श्रृजना हुँदै अन्तत विश्वमै उच्च कर दर भएको मुलुकमा उभ्याउने र उपभोक्तावादमा खर्च बढाउने दिशामा मुलुक अघि बढिरहेको दाबी उहाँले गर्नुभयो ।

आत्मनिर्भर अर्थतन्त्रका लागि सरकारले हरेक बर्षको बजेटमा खाद्यान्न लगायत विभिन्न उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर बनाउने योजना अघि सारेपछि सिमेन्ट बाहेक अन्य क्षेत्रमा तात्वीक भिन्नता नआएको दाबी उहाँले गर्नुभयो ।

समृद्ध नेपालको अभियानलाई सार्थक बनाउने स्वरुपमा बजेट नआएको टिप्पणी उहाँले गर्नुभयो । स्थिर सरकार गतिशिल अर्थतन्त्रको निर्माण गरि जनतालाई लाभ दिन नसक्ने हो भने समाजिक न्यायका कारण आगामी दिन अझै कठिन परिस्थितिको श्रृजना हुने दाबी उहाँले गर्नुभयो । बिकास बजेट थोरै भएको र भएको पनि खर्च गर्ने क्षमताको आधार स्पष्ट नभएको तर्क उहाँले गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);