जागरण अभियान प्रभावकारी बनाउन कांग्रेसको रक्तदान कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जागरण अभियान प्रभावकारी बनाउन कांग्रेसको रक्तदान कार्यक्रम

congress raktadan

काठमाडौं, २३ जेठ । नेपाली काँग्रेसले काठमाडौंमा रक्तदान कार्यक्रम पनि सुरु गरेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच रक्तदान गरेर सो कार्यक्रमको पनि शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले पार्टीको राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन काठमाडौंमा रक्तदान कार्यक्रमको पनि सुरु गरिएको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका भित्र रगतको अभाव हुन नदिन नेपाली काँग्रेस जिल्ला सम्पर्क समितिहरुको संयोजनमा यो कार्यक्रम सुरु गरिएको छ । रक्तदान कार्यक्रमलाई हरेक महिनाको अन्तिम शनिबार आयोजना गर्ने पनि काँग्रेसको योजना छ ।

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगतको पहिलो चरणको कार्यक्रम जेठ २५ गते सकिदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);