ट्रम्पको बेलायत भ्रमण: पर्यावरण मुद्दामा चाल्र्सबाट ट्रम्प प्रभावित, मेयर सादिकसँग ‘ट्विट वार’ | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

ट्रम्पको बेलायत भ्रमण: पर्यावरण मुद्दामा चाल्र्सबाट ट्रम्प प्रभावित, मेयर सादिकसँग ‘ट्विट वार’

trump

काठमाडौं, २३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसँग लड्ने विषयमा युवराज चाल्र्सको उत्साहलाई लिएर आश्चर्यचकित भएको बताए। युवराज चाल्र्सले भावी पुस्ताका लागि राम्रो विश्वको चाहना राखेकामा ट्रम्प विशेष प्रभावित भएको बताइएको छ।

ट्रम्पले सन् २०१६ मा राष्ट्रपति बनेपछि पर्यावरणसम्बन्धी विश्व सन्धीबाट अमेरिका फिर्ता भएको घोषणा गरेका थिए। उनले पर्यावरणसम्बन्धी सबै नियमलाई रद्द गरिसकेका छन्। यद्यपि बेलायत भ्रमणका क्रममा ट्रम्पले आफू पर्यावरणको हितप्रतिको कटिबद्धतालाई लिएर युवराज चाल्र्सबाट प्रभावित रहेको बताए।

राष्ट्रपति सोमबारदेखि ३ दिवसीय राजकीय यात्रामा लन्डन आएका छन्। उनले बकिंगम प्यालेसमा युवराज चाल्र्ससँग चिया लिने बेलामा कुराकानी गरेका थिए। ट्रम्पले बुधबार प्रसारित एक अन्तरवार्तामा आई टिभीलाई भने– ‘महारानी एलिजावेथ द्वितीयका छोरा युवराज चाल्र्सले जलवायु परिवर्तनको विषयमा राम्रोसँग कुरा गरे। हामी १५ मिनेट मात्र कुरा गर्ने कार्यक्रम थियो। तर, यो कुराकानी डेढ घन्टासम्म चल्यो र धेरैजसो समय उनले नै बोले। उनी जलवायु परिवर्तन विषयमा गम्भीर छन् र मलाई लाग्छ यो अत्यन्त राम्रो कुरा हो। यसको अर्थ मलाई यो मनपर्छ भन्ने नै हो।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।