भमरा लोप हुँदै जाँदा बालीनालीमा सङ्कट | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

भमरा लोप हुँदै जाँदा बालीनालीमा सङ्कट

bhamara

काठमाडौं, २२ जेठ । खाद्यान्न बाली, तेलहन वा तरकारीबाली र रङ्गीचङ्गी फूलमा भमरा निकै झुम्मिन्थे । तर अचेल त्यस्ता भमरा सहरमा त देखिँदै देखिन्नन् ।

गाउँघरमा पनि देख्न मुस्किल बन्दैछ । सूक्ष्म कीराबाट विरुवालाई संरक्षण गर्दै परागसेचन गरी फल्न फुल्न सघाउने मित्रजीव भमरा पारिस्थितिक प्रणालीकै एक विशेष अङ्ग मानिन्छ । विश्वमै भमराको अवस्थिति बुझ्न गत वर्षको जुलाई महिनामा फ्रान्समा भमराकै बारेमा विशेष सम्मेलन नै चल्यो ।

भमराको अवस्था कहाँ के कस्तो छ भन्ने ठूलै बहस भएको त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक दयाराम भुसालले बताए । तर नेपालमा खासै अध्ययन नभएकाले केही तथ्य प्रस्तुत हुन सकेन ।

उनका अनुसार युरोप, अमेरिका, चीन, भारतमा भमराको उपयोग फलफूल उत्पादन तथा खाद्यान्न उत्पादनका लागि गर्ने गरिएको छ । “नेपालमा भने यसको वैद्यानिक अध्ययन भर्खरैमात्र सुरु भएको छ,” उनले भने, “अध्ययनको प्रारम्भिक अनुमानले भमराको उपस्थिति नेपालमा पातलिएकोछ । फूलको रस खान मनपराउने भमरा एक प्रकारको माहुरी हो ।” यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);