कांग्रेसले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

कांग्रेसले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

nepali congress

काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैदेशिक रोजगारीका सवालमा संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ। मलेसियाको वैदेशिक रोजगारी स्थगित भएसँगै लाखौं नेपाली त्यहाँ जानबाट वञ्चित भएका बेला कांग्रेसले उक्त प्रस्ताव दर्ता गराएको हो।

कांग्रेस सांसद डा। डिला संग्रौलाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव गरेका हुन् ।  उक्त प्रस्तावमा सांसद रामबहादुर विष्ट र देवप्रसाद तिमल्सिनाले समर्थन गरेका थिए ।

सांसद संग्रौलाले वैदेशिक रोजगार क्षेत्रमा देखिएको अव्यवस्था, विकृति र विसंगति हटाई वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, भरपर्दो र मर्या्दित बनाउन संसद्मा सार्वजनिक महत्ववको प्रस्ताव दर्ता गरेको जनाए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।