अड्डा होस् त यस्तो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अड्डा होस् त यस्तो

adda

काठमाडौं, २१ जेठ । सरकारी कार्यालय भन्नेबित्तिकै कर्मचारीको रूखो व्यवहार र झन्झटिलो सेवा प्रवाह सम्झिन्छन् धेरैले। समयमै कर्मचारी कार्यालय नआउनु, विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिनु, समयमै काम नहुनु र कार्यकक्ष फोहर हुनु अधिकांश सरकारी कार्यालयका विशेषता हुन्।

अन्नपूर्ण पोस्ट्ले २९ सातासम्म गरेका सार्वजनिक कार्यालय अनुगमनमा यी सबै विशेषता पाइएका थिए। धन्य, भक्तपुर नगरपालिका, ३० औं शृंखलामा हामी स्वयं अचम्मित भयौं। यो कार्यालयमा यस्ता कुनै दुर्गुण पाइएनन्।

आइतबार बिहान १० बजे नगरपालिकाका कर्मचारी कार्यालय पुगिसकेका थिए। मेयर सुनिल प्रजापति पनि समयमै आइपुगे। केही सेवाग्राही मेयरलाई कुरेर बसेका थिए। प्रजापतिको सचिवालय व्यवस्थित देखिन्थ्यो। सेवाग्राहीले मेयरलाई भेट्ने व्यवस्था मिलाइएको थियो। मेयर कार्यालय समय सकिने बेलासम्म पनि काममै थिए।

मध्याह्न १२ बजेतिर हामी प्रमुख प्रशासकीय अधिकृत यमलाल अधिकारीको कार्यकक्षमा पस्यौं। उनीसँग नगरपालिकाको सेवाबारे कुरा गरिरहँदा फाइल लिएर एकजना कर्मचारी आए। अधिकारीले २४ घन्टाभित्र स्पष्टीकरण माग्न निर्देशन दिए। नदिए कारबाही हुने चेतावनी पनि दिए।

सरसफाइमा खटिने कर्मचारी समयमै काममा नगएपछि नगरपालिकाले स्पष्टीकरण सोधेको रहेछ। ‘आज बिहान अनुगमनमा जाँदा सफाइ कर्मचारी केही ढिलो गरी मात्र आएको पाइयो। त्यसैले किन ढिलो भयो भनेर नगरपालिकाले स्पष्टीकरण सोधेको हो,’ अधिकारीले भने, ‘यहाँ कसैलाई छुट हुँदैन, गल्ती गर्नेले कारबाही भोग्नैपर्छ।’ यो समाचार आजको अन्नपुर्ण दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);