महिनावारी हुँदा के गर्ने के नगर्ने ? | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

महिनावारी हुँदा के गर्ने के नगर्ने ?

mahinawari

काठमाडौं, १९ जेठ । शरीरमा भएका रसरागहरूको मात्रामा आउने परिवर्तनका कारण महिनावारी हुने गर्छ । यो एक प्राकृतिक प्रक्रिया हो, जसले महिला प्रजजन् स्वास्थ्यका लागि परिपक्व भएको संकेत गर्छ । महिनावारीको समयमा महिलामा शारीरिक परिवर्तन देखापर्ने भएकाले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ ।

सरसफाइ

  •  महिनावारी हुँदा सरसफाइमा विशेष ध्यान जरुरी छ । यद्यपि, अझै पनि कतिपय ग्रामीण भेगमा महिनावारीको समयमा फोहर कपडा प्रयोगमा ल्याइने गरिन्छ । जस्तासुकै कपडा पनि प्रयोगमा ल्याउनुले विभिन्न समस्या निम्त्याउँछ । यस्ता कारणले गुप्तांगमा संक्रमणको समस्या हुन्छ । महिलामा प्याड प्रयोगबारे सचेतना हुन आवश्यक छ ।
  •  महिनावारीका वेला प्रयोग भएका कपडा ‘सूर्य भगवान्’लाई देखाउनु हुँदैन, पाप लाग्छ भन्ने अन्धविश्वास अझै कायम छ । घाममा राम्ररी नसुकाई कपडा पुनः प्रयोग गर्दा शरीरका भित्री अंगमा संक्रमण हुने सम्भावना रहन्छ । त्यसैले, प्याडको सट्टा प्रयोग गरिएका कपडा सफा गरेर घाममा सुकाएर मात्र प्रयोग गर्नुपर्छ ।
  •  महिनावारीको वेला कतिपयमा रगत कम बग्ने हुँदा उनीहरू लामो समयसम्म एउटै स्यानिटरी प्याड प्रयोग गरिरहेका हुन्छन् । यस्तो गरेमा संक्रमणको डर हुन्छ । त्यसैले, स्यानिटरी प्याड प्रत्येक चार घन्टामा फेर्नुपर्छ ।

खानपान

  •  भर्खरै महिनावारी सुरु भएका किशोरीमा आवश्यक पोषणको अभाव हुने गर्छ । त्यसैले यो वेला पर्याप्त मात्रामा पौष्टिक आहार खानुपर्छ । विशेषगरी, अन्डा, माछा–मासु, हरियो सागसब्जी र फलफूल खान आवश्यक छ ।
  •  रक्तअल्पता हुनबाट बच्न नियमित रूपमा आइरन, फोलिक एसिड, भिटामिन आदि खान सकिन्छ ।

पर्याप्त आराम
महिनावारीको वेला दैनिक जीवनमा आइपर्ने सामान्य काम गर्दा केही फरक पर्दैन । तर, शरीरलाई भारी पर्ने काम भने गर्नुहँुदैन । सामान्य अवस्थाभन्दा यो वेला शरीरमा कमजोरीपन देखापर्ने भएकाले साविकभन्दा बढी आराम गर्नुपर्ने हुन्छ ।

यसकारण गडबडी

  •  कहिलेकाहीँ महिनावारीमा गडबडी आउँछ । यस्तो प्रायः किशोरावस्थामा हुन्छ । उनीहरूमा शारीरिक परिपक्वता नहुँदा महिनावारी ढिलो–चाँडो हुने गर्छ ।
  •  कतिपय महिलामा त पहिलोपटक महिनावारी भएपछि दुई–चार वर्ष नै हुँदैन । यस्तो अवस्थापछि पनि फेरि नियमित हुन सक्छ । यो सामान्य प्रक्रिया हो, समान्यतया यसले स्वास्थ्यमा केही असर गर्दैन । तर, कतिपय अवस्थामा भने एक्कासि महिनावारीमा गडबडी आउन सक्छ । यसरी घटबड हुनुमा उमेर पनि कारक हो ।
  •  ब्रेनदेखि ओभरीसम्मका मेकानिजम परिपक्व नहुन्जेल महिनावारी नियमित हुँदैन । त्यस्तै, गर्भसँग सम्बन्धित समस्या जस्तै– गर्भपतन, सुत्केरी हुने र सालनालबाट उत्पन्न हुने ट्युमरका कारण पनि महिनावारीमा गडबडी आउन सक्छ ।
  •  परिवार नियोजनका साधनको अनियमित प्रयोग र त्यसको साइड इफेक्टले समेत महिनावारी अनियमित हुन्छ । प्रजनन तथा यौनअंगको संक्रमण, प्रजनन अंगमा हुने ट्युमर तथा हार्मोनल औषधिको प्रयोगले पनि अनियमित हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);