महिनावारी प्राकृतिक प्रक्रिया भएपनि खुलेर कुरागर्ने र समस्या राख्ने अभ्यास हुनसकेन स्थापित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

महिनावारी प्राकृतिक प्रक्रिया भएपनि खुलेर कुरागर्ने र समस्या राख्ने अभ्यास हुनसकेन स्थापित

mahinawari

काठमाडौं, २५ मंसिर । महिनावारी प्राकृतिक प्रक्रिया भएपनि नेपाली समाजमा अहिलेपनि यसबारे खुलेर कुरागर्ने र समस्या राख्ने अभ्यास स्थापित हुनसकेको छैन ।

यसबारे खुलेर छलफल तथा समिस्या समाधानका उपायबारे जानकारी नहुँदा महिलामा संक्रमण हुने र त्यसबाट गम्भीर समस्या निम्तने गरेको चिकित्सकहरुको भनाई छ ।

महिनावारी महिलाहरुमा हुने जैविक र प्राकृतिक प्रक्रिया हो । महिलाहरुमा हुने प्रजानन क्षमताको सुरुवाति संकेत पनि महिनावारीले गरेको हुन्छ । तर, महिनावारीका वेला सावधानी नअपनाए त्यसले महिलाहरुमा गम्भीप्रकारका समस्या पनि निम्त्याउन सक्छ । तर महिनावारीबेला सरसफाई र आहार विहारमा विशेष ध्यान दिनुपर्ने कुरा अर्झपनि बहुसंख्यक नेपाली महिलाहरुलाई जानकारी नभएको यस क्षेत्रका अध्ययनकर्ताहरुको भनाई छ । बहुसंख्यक महिलाहरुमा उचित सरसफाइ र स्वच्छताको अभावसमेत देखिएको छ ।

रजस्वलाका भएका बेला उपयुक्त सरसफाइको अभाव हुँदा धेरैजसो महिलामा प्रारम्भीक चरणमा पिसाबसम्बन्धी संक्रमण हुने गरेको छ । महिलाहरु रजस्वला भएसगै मानसिक तनाव महसुस गर्ने, शारिरिक रुपमापनि समस्या हुने तथा किशोरीहरुमा मनोबैज्ञानिक समस्यासमेत देखिने हुन्छ । त्यसैले महिनावारीको समयमा अपनाउनु पर्नै सावधानी र सरसफाईको विधिबारे हरेक महिला र किशोरी जानकार हुनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

पछिल्लो समयमा समाज शिक्षीत हुँदै गएको भएपनि उमेर, स्वास्थ्य र प्रजानन् स्वास्थ्यबारे संकुचित व्यवहार कायमैरहेका छन् । महिनावारीबाट हुने संक्रमणको बारेमा अझै पनि धेरै महिलाहरुमा जानकारी नहुँदा संक्रमणको शिकार बनिरहेका छन् । त्यसैले किशोरीहरु सरकारी र गैरसरकारीस्तरबाट जनचेतनामुलक कार्यक्रम ल्याउनुपर्ने बताउँछन् ।

महिनावारीको बारेमा खुलेर कुरा नगर्ने, किशोरीहरु लजाउने र महिनावारीका वेला सरसफईका लागि प्रयोग गरिने प्याडको उपयोगबारेसमेत खुलेर कुरा नगर्दा यसबारे धेरैलाई जानकारी छैन । सबै किशोरीहरु नपुगेपनि विगतको तुलनामा अहिले किशोरीमा प्याड किन्ने र प्रयोग गर्ने अभ्यास बढेको यस क्षेत्रमा व्यवसाय गर्नेहरुको अनुभव छ ।

महिनावारीलाई कुनै दोषको रुपमा नभई नियमित जैविक प्रक्रियाको रुपमा लिन थालिएको छ । यसलाई अझै व्यापक रुपमा सचेतना फैलाउँदै आम मानिसमा चेतना पुर्याउन सके यसले धेरै महिलाहरुको स्वास्थ्यमासुधार आउनुका साथै महिनावारीलाई समस्याका रुपमा बुझ्ने परंपराको अन्त्य हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);